खजुरा घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघ बाँकेको विरोध प्रदर्शन
प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार १४:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिने गरी खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली जिल्ला प्रशासन कार्यालय गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै प्रशासन पुगेका कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए । कोणसभामा बोल्ने बक्ताहरुले ज्यान मार्ने उद्योगको मुद्दा प्रहरीले आफूहरुको दबाबपछि मात्रै दर्ता गर्न मानेको भन्दै मुद्दालाई कमजोर बनाउने षड्यन्त्रका विरुद्ध आफ्नो आन्दोलन रहेको बताएका थिए । आफ्नो पार्टीको कार्यक्रममा जबर्जस्ती प्रवेश गरेका नेकपा समर्थित कार्यकर्ताहरुले आक्रमण गरेर पार्टी सभापति घाइते हुँदा समेत घटनालाई व्यक्तिगत भन्नु सर्वसत्ताबाद भएको उनीहरुको टिप्पणी थियो । ज्यान मुद्दा दर्ता गरिएका सबैलाई पक्राउ गरी कडा कारबाही नहुँदासम्म कांग्रेसले खबरदारी गरिरहने बक्ताहरुले बताएका थिए । दुई तिहाईको सरकारले महंगी, भ्रष्टाचार र गुण्डागर्दीलाई प्रश्रय दिँदै गएको भन्दै उनीहरुले जनताको जीउधनको सुरक्षा गर्न सरकार असफल भएको टिप्पणी गरे । कोणसभालाई प्रदेश नम्बर ५ का सांसद् सुरेन्द्र हमाल, नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, राष्ट्रिय जागरण कार्यक्रमका केन्द्रिय प्रतिनिधि विद्याप्रसाद खनाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, तरुण दल बाँकेका सचिव विनोद रिजाल, महिला संघकी जिल्ला सभापति नारायणी रुपाखेती, नेविसंघ जिल्ला अध्यक्ष पूर्ण प्रसाद आचार्यले सम्बोधन गर्नुभएको थियो । विरोध ¥यालीमा सभापति कोइराला, केन्द्रिय प्रतिनिधिद्वय भरत बहादुर न्यौपाने र मोहनसिंह राठोर, सचिव तप्त पौडेल, क्षेत्रीय सभापति नक्की खाँ लगायत नेता कार्यकर्ता सहभागी थिए भने कार्यक्रम सन्चालन नेबिसंघ सचिव चक्र बहादुर रावतले गर्नुभएको थियो।
Advertisement