खजुरा घटनाको बिरोधमा तरुण दल बाँकेले भोली प्रदर्शन गर्दै
प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार १६:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली तरुण दल बाँकेले मंगलबार नेपालगन्जमा बिरोध प्रदर्शन गर्ने भएको छ।
Advertisement
खजुराको सितापुर घटनाका दोषीलाई पक्राउ नगरेको भन्दै भोलि तरुण दल बाँके बिरोध प्रदर्शन गर्ने भएको जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताउनुभयो। पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जनजागरण कार्यक्रम स्थलमै नेकपाका अरिङगालहरुले पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका छन्, त्यो गलत कार्य हो। आक्रमणकारीलाई अझै प्रहरीले पक्राउ गर्न अनाकानी गरेको छ, जब सम्म अरिङगालहरुलाई पक्राउ गर्दैन तब सम्म तरुण दल बाँके चुप नहुने अध्यक्ष शाहले बताउनु भयो। अर्काको कार्यक्रममा यसरी जबर्जस्ती प्रबेश गरेर नेकपाका अरिङगालहरुले जुन गलत कार्य गरेका छन् त्यो माफीको लायक नभएको अध्यक्ष शाहले बताउनु भयो। प्रहरीले जुनसुकै हालतमा ती आक्रमणकारीलाई पक्राउ नगरे बाँके प्रहरी प्रमुख वीर बहादुर वलीले राजिनामा दिएर नेकपाको राजनीति गर्न आउने सुझाब शाहले दिनु भएको छ।
यस्तै नेपाल तरुण दल नेपालगन्जका नगर सभापति सन्दिप जङ्ग शाहले प्रहरीमा मुद्दा दर्ता भएका नेकपाका अरिङगालहरु बाँकेमै बसिरहदा पनि प्रहरीले पक्राउ नगर्नु भनेको लज्जाजनक कार्य भएको बताउनु भयो। भोलीको आन्दोलन भनेको चानचुने आन्दोलन नभएको शाहले बताउनु भयो। यता दलकै कोषाध्यक्ष केशर खड्काले प्रतीपक्षलाई कमजोर नसोच्न प्रहरीलाई सुझाब दिनुभएको छ। साथै उहाँले मंगलबार हुने आन्दोलनको नेतृत्व तरुण दलले लिएको हुँदा यो भोलि हुने आन्दोलन निकै कडा हुने बताउनु भएको छ।
भोलि हुने बिरोध प्रदर्शन ठिक ११ बजे पार्टी कार्यालय बाट सुरु हुने हुँदा जिल्लाका सबै तरुण नेता कार्यकर्तालाई अनिबार्य उपस्थित हुनै पर्ने तरुण दल बाँकेका अध्यक्ष शाहले ठाडो निर्देशन दिनु भएको छ भने तरुण दल बाँके क्षेेेेत्र नम्बर २ का सभापति धनराज बर्माले भोलीको आन्दोलनले नेकपाका अरिङगालहरु आफै तर्सिने बताउनु भएको छ।