नेपालगन्जको वडा नं ४ का विभिन्न पसलहरु अनुगमन
प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलवार ०९:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा रहेका विभिन्न पसलहरु अनुगमन गरिएको छ। वडा अध्यक्ष मो. सफिक बेहनाको नेतृत्वमा घरेेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुर्ण बहादुर वलीसहित कार्यपालिका सदस्य इन्दिरा शाही, महिला सदस्य मेनका जोशी लगायतको टोलीले वडाका विभिन्न पसलहरुमा अनुगमन गरेको हो। अनुगमनका क्रममा ४ वटा किराना पसलहरुबाट म्याद गुज्रिएका चाउचाउ लगयातका सामानहरु बरामद गरि नस्ट गरिएको थियो। अनुगमन टोलीले मेडिकल पसलहरुमा समेत अनुगमन गरेको थियो।अनुगमनका क्रममा अध्यक्ष बेहनाले कुनै पनि ब्यापारीले जनतालाई ठग्नेे काम आफुलाई स्विकार्य नहुने बताउनु भयो। सिमित केही पैसाको स्वार्थका लागि क्रेतालाई ठग्नेे कार्य गलत भएको हुँदा यस्ता कार्य गर्ने ब्यापारीलाई कारबाही हुने अध्यक्ष बेहनाले बताउनु भयो। एक पटकलाई सम्झाएका छौ, फेरि त्यस्ता कार्य भेटिएमा कानुन बमोजिम कारबाही गर्ने बेहनाले बताउनु भयो।त्यस्तै घरेलु तथा साना उधोगका प्रमुख वलीका अनुसार अनुगमन टोलीले पसलहरुमा दर्ता प्रमाणपत्र , पसलमा आबश्यक पर्ने सामग्रीहरुको निरीक्षण गरिएको थियो। आफ्नो वडामा अध्यक्ष बेहनाले सरहानिय कार्य गर्दै आइरहेको अवस्थामा यो खाले अनुगमन गर्दा स्थानियहरुले धन्यबाद दिदै यसलाई निरन्तरता दिन उनिहरुले सुझाब दिएका छन् । वडाका स्थानियहरुले आफुहरु अध्यक्षको साथमा रहेको बताएका छन् ।
Advertisement