रघुबिर महासेठ र प्रभु साहलाई पार्टी बाट निकाल्न नेकपाका १६ केन्द्रीय सदस्यको माग
प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलवार १७:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।नेकपाबाट यातायात मन्त्री रघुबिर महासेठ र प्रभु शाहलाई पार्टी बाट निकाल्न १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्।विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गर्नेलाई कारबाही गर्न माग गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्।विधि र अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डललगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै नेकपाका १६ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन्।
Advertisement
प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका हुन्।
नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरिएको भन्दै उनीहरुले ज्ञापनपत्रमा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न माग गरेका छन्।
ज्ञापनपत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठा लगायत छन्।