त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान आज बेलुका सम्म प्रभावित हुने
प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार १४:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको हो।विमानस्थलका प्रवक्ता प्रताब तिवारीका अनुसार उपकरण मर्मत भएर सञ्चालनमा आइसकेको छ। तर अहिले बढेको ट्राफिकले बेलुकासम्मै प्रभावित हुने छ।बिमानस्थलको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको छ ।
Advertisement