नेपालगञ्जमा अबदेखि सवै बस वसपार्कमा
प्रकाशित मिति : २०७६, ५ आश्विन आईतवार १९:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । यहि असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतबार बसेको बस संचालक समिति, प्रालि र सरोकारवाला निकायको बैठकले असोज १५ गते वसपार्कको उद्घाटन हुने भएकाले असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेको हो । यसैगरी बैठकले वसपार्क संचालन भएपछि नगर वस वाहेकका सम्पूर्ण वसहरु वसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसैगरी यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेको संयोजनमा ३ दिनभित्र काउण्टरको बाडफाड सहित सवै समिति र प्रालिको १÷१ जना प्रतिनिधितव हुने गरि खाका सहित प्रतिवेदन पेश गर्न अनुरोध गरेको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।बैठकले वसपार्कको सुरक्षाका लागि सिसि क्यामरा, सुरक्षा काउण्टर लगायत अन्य भौतिक पूर्वाधार तयार गर्ने निर्णय गरेको छ । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली लगायतको उपस्थिती रहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताउनुभयो।
Advertisement
तस्बिर : सान्केतिक मात्र।