Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

बाँकेमा “द नेष्ट मोडेल बाँके” प्रतियोगीता हुँदै

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, ६ आश्विन सोमबार १९:३५  

    भगतराम थारु नेपालगन्ज। बाँकेमा द नेष्ट मोडेल बाँके प्रतियोगीता हुने भएको छ । आउँदो कात्तिक महिनामा बाँकेका विभिन्न शहरहरुमा द नेष्ट मोडेल बाँके प्रतियोगिता संचालन हुने भएको छ । ५ नम्बर प्रदेश त्यसै पनि कला र साहित्यमा अग्र स्थानमा पर्ने गरिन्छ। उक्त क्षेत्रलाई कला र साहित्यको उर्वर भुमिका रुपमा परिचित गराउन द नेष्ट मोडेल बाँके संचालन गरिन लागेको आयोजक टिमले जानकारी गराएको छ । ५ नं. प्रदेश मै पर्ने बाँके जिल्लालाई विशेष केन्द्रित गर्दै मोडलिङ प्रतियोगिताको आयोजना गरिन लागिएको छ । बाँके जिल्ला र आसपासका जिल्लाहरुलाई लक्षित गरि मोडलिङ प्रतियोगिता गरिने भएको छ । नगर युवा सञ्जाल कोहलपुर बाँकेद्वारा सन्चालित तथा विग नेपाली फिल्मस्को प्रस्तुतिमा द नेष्ट मोडेल बाँकेको आयोजना रहेको छ । प्रतियोगितामा प्रतियोगीहरुले विभिन्न ठाउँहरुबाट अडिसनको लागि आबेदन लिन सकिने नगर युवा सञ्जाल कोहलपुर बाँकेका अध्यक्ष रमेश विसीले एक बिज्ञप्ती प्रकाशित गरि जानकारी गराउनुभएको छ। मोडलिङ प्रतियोगिता स्थानीय स्तरबाट नभइ राष्ट्रिय स्तरबाट आयोजना गरिएको हुँदा प्रतियोगितामा भाग लिने प्रतियोगीको लागि अवसर मिल्ने द नेष्ट मोडेल बाँकेका एमडी विशाल नेपालीले जानकारी दिनुभयो । बाँकेको पहिचानका लागि गरिएको कार्यक्रमलाई सफल बनाउन कोहलपुर नगरपालिका, उद्योग वाणिज्य संघ कोहलपुर र होटल व्यवसाय संघ कोहलपुर तथा अन्य जिम्मेवारी संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको आयोजक टिमका संयोजक समेत रहेको विशाल नेपालीले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्नका लागि राष्ट्रिय स्तरका कलाकार रहने छन् । जसले गर्दा प्रतियोगिहरुको क्षमता अभिबृद्धिको सहि तरिकाले मूल्याङ्कन गरिनेछ । प्रतियोगिताको अडिसन मिति कार्तिक १,२,८ र ९ गते हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रतियोगितामा आबेदन दिन चाहने इच्छुक व्यक्तिले विभिन्न ठाउँबाट फारम भर्न सकिने आयोजक टिमले जानकारी गराएको छ जसमा कोहलपुरको लागि रोयल फिटनेश क्लव र दश बिगहाको अन्नपूर्णा होटेलमा र नेपालगन्जको लागि सिद्धार्थ एस क्याफे र सुर्खेतको लागि मेलकुना भोटेचौर र सारे मालारानीमा पाइने व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिएका प्रतिस्प्रर्धी मध्यबाट बिजेता हुने प्रतियोगीलाई नगद एक लाख रुपैया र चर्चित गायक कमल खत्रीको गीतमा म्यूजिक भिडियो खेल्ने अवसर मिल्ने डाइरेक्टर नेपालीले।।।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट