नेपालगन्जको वडा प्रहरीले राती उच्छृङ्खल गतिविधि गर्नेलाई नियन्त्रणमा लिन सुरु
प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार २०:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको वडा प्रहरी कार्यालयले रातको समयमा उच्छृङ्खल गतिविधि गर्नेलाई निगरानी गर्दै नियन्त्रणमा लिन सुरु गरेको छ। गएको दुुई दिनको अन्तरालमा राती नेपालगन्ज बजारमा हो-हल्ला गर्दै मोटरसाइकलमा सवार युवाहरुलाई नियन्त्रणमा लिएर अभिभाबकको जिम्मा लगाई रिहा गरेको हो। मोटरसाइकलमा बिना हेल्मेट र हल्ला गर्दै हिंडेको अवस्थामा पक्राउ गरेर अब आइन्दा यस्तो गलत कार्य नगर्ने सर्तमा रिहा गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले बताए। रातको समयमा यस्तो आवारागिरि र हो- हल्ला गर्दै समाजमा नकारात्मक असर पुर्याउने जो कोहिलाई नियन्त्रणमा लिएर कारबाही गरिने बस्नेतले बताए। अनुशासन पुर्बक रातको समय र अन्य कुनै या अरु कारण बस सबै हिंड्न् पाइन्छ तर उच्छृङ्खल गतिविधि र आवारागिरि गर्नेलाई कारबाही गर्ने बस्नेतले अठोट समेत लिएका छन् । प्रनि बस्नेत भन्छन् ,” मेरो कार्यकालमा मैले यस्तो आवारागिरि र,उच्छृङ्खल गतिविधि र गुंडागर्दी हुन दिदैन।” बस्नेत नेपालगन्जको वडा प्रहरी प्रमुख भएर आएदेखि रातको समयमा हो- हल्ला गर्दै हिड्नेको कमि हुँदै आएको छ। दसैं पनि नजिकिदै छ, चाडँ पर्बमा कुनै किसिमको नराम्रो कुरा हुन नदिने बस्नेतले बताए।
Advertisement