बाँकेमा कांग्रेसको जनजागरण कार्यक्रमको आज समापन गरिदै "बर्षा भयो भन्दैमा बिचलित नहुन सभापतिको आग्रह "
"बर्षा भयो भन्दैमा बिचलित नहुन सभापतिको आग्रह "
प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलवार ०७:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रमको आज देशै भर समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम अन्तर्गत आज असोज ७ गते वृहत ¥यालीसहित नेपालगन्जको त्रिभुवन चौकमा पनि सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि परिचालन गरिएको कांग्रेस सभापति किरण कोइरालाले जानकारी दिनुभयो । विशाल रयाली सहित पार्टी कार्यालयबाट ११ बजे बिहान बिपि चोक हुँदै त्रिभुवन चोकमा पुगेर आमसभा हुने भएको छ।उक्त कार्यक्रममा जिल्लाका सबै नेता कार्यकर्तालाई अनिबार्य उपस्तिथिका लागि सभापति कोइरालाले निर्देशन समेत दिनुभएको छ। आज बिहान देखि बर्षाको सम्भावना रहेकोले बर्षा भयो भन्दैमा पनि आफ्ना कार्यकर्तालाई चाहे बर्षा होस् या आधीनै चलोस , कार्यक्रममा अनिबार्य उपस्थित हुन पार्टी सभापतिले निर्देशन दिनुभएको छ।कांग्रेस बाँकेले जनजागरण कार्यक्रम गरिरहेका बेला खजुराको सीतापुरमा कांग्रेस सभापति किरण कोइरालामाथि सांघातिक आक्रमण भएको थियो । सो घटनाको समेत बिरोध गरिने भएको छ।
Advertisement