भारत गएका नेपाली दशैं मनाउन घर फर्किन थाले, जमुनहा नाकामा लर्को
प्रकाशित मिति : २०७६, ८ आश्विन बुधबार १८:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल फोटो
नेपालगञ्ज। दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा लर्को शुरू भएको छ । जमुनाहा नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको संख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरिक्षक माधव रिजालले बताउनुभयो । उहाँले अहिले दैनिक दुईरतीन सय नेपाली जमुनाहा नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेको बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट नेपालीहरु भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर वलीले बताउनुभयो ।
Advertisement