नरैनापुरमा सम्वादका लागि समन्वयात्मक वैठक ,सुशासन र विकासका लागि सहकार्यमा जोड
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार ०९:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
विवाद र द्धन्द्ध रुपान्तरणमा क्रियाशिल सम्वाद समूह बाँकेले नरैनापुरमा सहयोगी समूह गठन गरेर सो क्षेत्रमा हुन सक्ने सम्भावित विवाद, द्धन्द्ध र जनसरोकारका सवालमा सहजीकरण गर्दै आइरहेको छ । शान्ति सुरक्षा, सदभाव, सुशासन कायम र विकास निर्माणमा समेत सम्वाद प्रक्रिया बढाउदै आइरहेको समूहले बुधबार नरैनापुरस्थित जनप्रतिनीधी, कर्मचारी, सुरक्षा अधिकृत, विद्यालयका प्रअ, मदरसाका शिक्षकबीच व्यापक परामर्श गरेको हो
नेपालगञ्जको सदरलाइन सडक विस्तार, हुलाकी राजमार्ग निर्माणमा देखिएको अवरोध, मनीकापुर गायत्रीनगरको वस्ती व्यवस्थापन आदि सम्वाद समूहकै सहजीकरणमा सहज बनाइएको हो । स्थानीय तहदेखि राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाउन, सहज सर्वसुलभ सेवा प्रवाह गर्न, राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराउन र सुशासनको सुखद अनुभुति दिलाउन पनि सम्वाद प्रक्रिया र सम्वाद संस्कृतिको आवश्यक्ता बढदै गएको छ ।
Advertisement