बाँकेमा गाई काटेको अभियोगमा तीन जना पक्राउ, गौ हत्या सम्बन्धि मुद्दा दायर गरिने
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार १५:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। बाँकेमा गाई काटेको अभियोगमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौली, बाँकेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको खजुरा ७ बढुवाको खेतमा गाई काटेका सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेक छन् ।
बुधबार राति ११ बजे गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरीहरु त्यसतर्फ गएका थिए । प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु ल्याइसकेका थिए ।इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाका अनुसार, तीनजनाको घरबाट मासु बरामद गरिएको जानकारी दिए । अर्का एकजना फरार रहेका छन् । तीनजनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको निरीक्षक थपलियाले बताए । घटनास्थलमा टाउको र खुट्टा फेला परेको प्रहरी निरीक्षक थपलियाले बताए । प्रहरी निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौ हत्या मुद्दा दायर गरिने बताए ।यो तस्बिर गुगलबाट ल्याएर पोस्ट गरिएको हो।
Advertisement