उपचारका लागि लैजादै गरिएका बिरामीको ट्राफिक जामले गर्दा मृत्यु
प्रकाशित मिति : २०७६, १० आश्विन शुक्रबार ११:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नौबिसे( धादिङ ) । नागढुङ्गाको ट्राफिक जामले उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका ७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । दुबै मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका २ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए । मृत्यु भएका साहलाई त्यतैबाट रौतहट लगिएको छ। सो सडक खण्ड १२/१२घन्टा सम्म जाम हुने गरेको छ।
Advertisement