गृहमन्त्री थापा सवार हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण
प्रकाशित मिति : २०७६, ११ आश्विन शनिबार १५:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रामेछाप : गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
Advertisement
प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ ।
सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकोप्टर अचानक रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकोप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् ।
सो हेलिकोप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो । रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाका अनुसार मध्यान्हसम्म जनकपुर तर्फको मौसममा सुधार नआएकाले थापा लगायतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको छ ।
मध्यान्हसम्म उडानका लागि मौसम नखुलेपछि विमानस्थलबाट उनीहरु खाना खान मन्थली बजार तर्फ लागेका छन् ।