आफ्नो बार्षिकोत्सबमा सनराइज बैंकले नरैनापुरमा झुल बाँड्यो
प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलवार १३:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर(बाँके)। बाँकेको नरैनापुर गाउँपालिकामा डेंगुबाट जोगिन सचेतना कार्यक्रमसंगै झुल वितरण गरिएको छ । नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरका स्थानीयलाई डेंगुको संक्रमण र यसबाट जोगिने उपायबारे जानकारीसंगै पचास विपन्न घरपरिवारलाई झुल वितरण गरिएको हो । सनराइज बैंकको १२औं बार्षिक उत्सबका अवसरमा नरैनापुरस्थित सनराइज बैंक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् कार्यक्रम गरेको शाखा प्रबन्धका खडक प्रसाद देवकोटाले जानकारी दिनुभयो । स्थानीयहरुलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा अध्यक्ष मसुद अहमद शाह र शाखा प्रबन्धक देवकोटाले झुल वितरण गर्नुभएको थियो । त्यस अवसरमा बोल्दै अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्व सम्झेर स्थानीलाई गरेको सहयोगका लागि धन्यबाद दिँदै बैंकको प्रगतिका लागि शुभकामना ब्यक्त गर्नुभयो । पछिल्लो समय डेंगुको संक्रमण फैलिरहेकाले सचेतना अपनाउन स्थानीयलाई आग्रह गर्दै उहाँले घर वरिपरि सफा राख्न र लामखुट्टेको टोकाईबाट बच्न आग्रह गर्नुभयो ।
Advertisement