मृत गाई प्रकरण बारे प्रतिबेदन बुझाईयो
प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलवार १७:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
समितिका अध्यक्ष अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन हस्तान्तरण गरेका थिए । सो सम्बन्धमा समितिले गरेको स्थलगत निरीक्षण, अनुगमन तथा सरोकारवाला निकाय र व्यक्तिहरुबाट संकलित तथ्य र विवरणका आधारमा तयार गरेको २८७ पृष्ठ लामो प्रतिवेदनमा घटनाको निष्कर्ष, कान्जीहाउसमा र नगरमा छाडा अवस्थामा रहेका गाईगोरुको उचित व्यवस्थापनका लागि सुझावसमेत उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझ्दै मेयर डा। धवल शम्शेर राणाले राम्रो नियत र मनसायले गरेको काममा कहिले काँही सोंच्दै नसोंचेको भएको घटनाले पाठ सिकाएको भन्दै प्रतिवेदनमा निर्दिष्ट गरिएका तथ्यहरुलाई मनन् गरी प्राप्त सुझावहरुको कार्यान्वयनका लागि प्रतिवद्धता जनाए । छानविन समितिलाई धन्यवाद दिंदै उनले छाडा चौपायको व्यवस्थापन र कान्जीहाउसमा रहेका गाईगोरुको उचित व्यवस्थापनको उपमहानगरपालिका एकदमै गम्भीर रहेको बताए ।
समितिका प्रवक्ता एवं अधिवक्ता वसन्त गौतमले सञ्चालन गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका सदस्य पत्रकार पूर्णलाल चुकेले जनावरहरुका लागि नेपालको संविधानले पर्याप्त कानूनी व्यवस्था गरेकोले स्थानीय निकायहरु गाईगोरुको उचित व्यवस्थापनका लागि एकदमै सचेत र गम्भीर हुनुपर्ने विचार व्यक्त गरे ।
Advertisement