महराले फिर्ता गरे सभामुखको रुपमा प्रयोग गरिरहेको गाडी, डेरा खोज्दै
प्रकाशित मिति : २०७६, १७ आश्विन शुक्रबार १४:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं : बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् । महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् ।
Advertisement
महरालाई संसद सचिवालयले एउटा गाडी उपलव्ध गराएको थियो भने उनको सचिवालयले अर्को एक गाडी प्रयोग गर्ने गरेको थियो । त्यसै गरि गृह मन्त्रालयबाट महराले अर्को एउटा गाडी औपचारिक कार्यक्रममा जानका लागि प्रयोग गरिरहेका थिए ।
बाँकी रहेका दुईवटा गाडी पनि आज फिर्ता आउने जानकारी आएको संसद सचिवालयले जनाएको छ ।
महराका प्रेस संयोजक डिल्ली मल्लका अनुसार सभामुखको सुरक्षाका लागि रहेका सेना र प्रहरी समेत फिर्ता गरिएको छ । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो ।
संसद सचिवालयकै एक कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।
चर्को आलोचना र सत्तारुढ दल नेकपालेसमेत पदबाट राजीनामा दिन महरालाई सुझाव दिएपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । तर महराले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
क्वार्टर छाड्न डेरा खोजी !
महरा अहिले बालुवाटारस्थित सभामुखको सरकारी निवासमा नै छन् । त्यहाँबाट सर्नका लागि डेरा खोजी भइरहेको महरा निकट स्रोतले जानकारी दियो ।
‘उहाँ (महरा) का लागि उपर्युक्त घर खोजी भइरहेको छ,’ स्रोतले भन्यो ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुझाव बमोजिम महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
महरामाथि आरोप लगाउने रोशनी शाही नामकी ती महिलाले अहिले भने कुरा फेरिसकेकी छन् । महराले आफूलाई कुनै दुर्व्यवहार नगरेको भन्दै उनले प्रहरीमा निवेदन समेत दिइसकेकी छन् ।
शुरूमा तिनै महिलाले महरामाथि आरोप लगाएकी थिइन् ।