डिएसपी सिंहद्वारा ठुलो जुवाखालमा छापा,१८ लाखसहित २१ जना पक्राउ
प्रकाशित मिति : २०७६, २६ आश्विन आईतवार ११:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।महानगरीय प्रहरी बृत्त बौद्धले ठुलो जुवा खालमा छापा मारेको छ। आरुबारीमा ठुलो जुवा भइरहेको छ भन्ने बिशेष सुचनाका आधार बौद्ध प्रहरी प्रमुख डिएसपी रमेश बहादुर सिंहको कमान्ड गएको टोलीले गए राती १८ लाख ९२ हजार रुपियाँ सहित २१ जना जुवाडे पक्राउ गरेको हो । डिएसपी सिंहका अनुसार जुवाडेहरुका तीन वटा गाडी र चौध थान मोटरसाइकल समेत बरामद गरि बौद्ध बृत्तमा लगिएको छ।
हामीलाई आरुबारी बौद्धका रमेश तामाङले घर भाडामा लिइ मिनी क्यासिनो चलाएको खबर आएकोले छापा मार्दा ठुलो जुवा अड्डा भएको खुल्न आएको डिएसपी सिंहले बताए। जुवा घर चलाउदै आएका तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
जुवा खेलिरहेकै अवस्थामा पक्राउ पर्नेहरुमा कास्कीका राजकुमार गुरुङ, रामेछापका प्रथमबहादुर तामाङ, लप्सेफेदीका अनन्त लामा, मकवानपुरका विष्णु थापा मगर, बौद्धका चन्द्र लामा रहेका छन् ।
त्यस्तै काठमाडौं गोठाटारका जयराम आचार्य, बौद्धका राम श्रेष्ठ, आनन्द पुडासैनी, काभ्रेका अर्जुन गौतम, जोरपाटीका राजेन लामा, सिन्धुपाल्चोकका निखिल कुँवर र तनहुँका जामेरदिन मियाँ लगायत रहेका छन् ।पक्राउ परेका सबै जना जुवाडे सहित तामाङसग अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए। पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाइने भएको छ भने उनिहरुको म्याद थप भोलि हुने भएको छ।कोहलपुर ईलाका प्रहरी प्रमुखबाट सरुवा भइ बौद्ध गएका सिंहको यो ठुलो सफलता हो।
Advertisement