बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह काठमाडौं विमानस्थलबाट पक्राउ
प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलवार १३:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।सांसद प्रमोद साह पक्राउ परेका छन् ।उनलाई जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो। । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। सांसद साहलाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ। पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका हुन्।
Advertisement