निवर्तमान सभामुख महरालाई म्याद थपका लागि अदालत लगियो
प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलवार १३:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ ।
Advertisement
गएको १९ गते सरकारी निवासबाटै पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याविनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको हो ।
महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो ।
त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।