तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्षमा
प्रकाशित मिति : २०७३, १ मंसिर बुधबार १२:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
१ मंसिर, काठमाडौं ।सर्वसम्मत पदाधिकारी चयन गर्दै नेपाल तरुण दलको चौथो महाधिवेशन सकिएको छ । पोखरामा आयोजित तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् ।
Advertisement
यसैगरी उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरूङ चयन भएका छन् । अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल पक्षका हुन् । यस्तै कोषाध्यक्ष गुरुङ खुमबहादुर खड्का निकट मानिन्छन्
पौडेल समूहको भागमा परेको महासचिवमा भने भुपेन्द्रजंग शाही आएका छन् । पौडेल समूहबाट वीपीका नाति सिद्धार्थ कोइराला, प्रकाशमान सिंहका छोरा र डा. रामशरण महतका भतिज रमेश महतको दाबी थियो । तर, पौडेलले शाहीको नाम सिफारिस गरेका छन् ।
प्रकाश कोइरालाका छोरा सिद्धार्थ कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा राजनीतिमा आएका थिए । सुनसरीबाट महाधिवेशन प्रतिनिधि बनेका उनी तरुण दलको पदाधिकारीका दाबेदार थिए । उनलाई उपसभापति बनाउन कांग्रेस सभापति देउवा सकारात्मक पनि थिए ।तर, सिटौला समूहलाई मिलाउँदा पदाधिकारी नबढाउने र महासचिव पौडेल समूहमा परेपछि उनी पदाधिकारीमा परेनन् ।