चिसो बढेपछि प्रहरी चौकी गाभिन थाले
प्रकाशित मिति : २०७३, १६ मंसिर बिहीबार ०९:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मुस्ताङ, १६ मङ्सिर । अत्यधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि नै बेँसी झर्न थालेपछि सर्वसाधारणको चहलपहल घटेका कारण प्रहरी चौकी अस्थायीरुपमा गाभिएको हो ।
Advertisement
घमी, सुर्खाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा अस्थायी रुपमा मर्ज गरिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताउनुभयो । चिसोमा इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रनाउ योगीले जानकारी दिनुभयो ।
“बँेसी झरेका सर्वसाधारण गाउँ फर्कनेबित्तिकै प्रहरीचौकी पुनः स्थापित हुनेछन्”, प्रनाउ योगीले भन्नुभयो । घुम्ती व्यापार गर्न उपल्लो ६ गाविसका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि फागुन अन्तिम हप्तासम्म देशका विभिन्न जिल्लामा पुग्ने गर्छन् ।