३९ करोड लगानीमा नेपाल टेलिकमले सुरु गर्यो फोरजी
प्रकाशित मिति : २०७३, १७ पुष आईतवार १८:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
टेलिकमले फोरजी सेवा तत्कालका लागि पोष्टपेड ग्राहकले मात्र चलाउन पाउने छन्। पोष्टपेड ग्राहकका लागि ‘सफ्ट लन्च’ गरेको टेलिकमले परीक्षणका रुपमा एक महिना चलाउनेछ।
Advertisement
माघ २२ गते टेलिकमको बार्षिकोत्सवको अवसर पारेर टेलिकमले प्रिपेड ग्राहकका लागि फोरजी सेवा सुरु गर्ने जनाएको छ। ‘हामी बार्षिकोत्सवको अवसर पारेर प्रिपेड ग्राहकलाई फोरजी सेवा संचालनमा ल्याउँछौ, टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन् ‘बार्षिकोत्सवपछि नै व्यावसायिक रुपमा जाने तयारी भइरहेको छ।’
टेलिकमले फोरजीको प्रमोसनल अफरका रुपमा काठमाडौं र पोखराका प्रयोगकर्तालाई चार जीबी डेटा निशुल्क दिने भएको छ। पोष्टपेड प्रयोगकर्ताले फोरजीका लागि *४४४# डायल गरी एक्टिभेसन गर्न सक्छन्।
एक्टिभेट भएलगत्तै टेलिकमले पोष्टपेड प्रयोगकर्तालाई चार जीबी डेटा निशुल्क प्रदान गर्छ।यो चार जीबी प्रयोगकर्ताले चार दिनभित्र सक्नुपर्छ। दिनको एक जीबीका दरले प्रयोगकर्ताले चलाएपछि नर्मल डेटारेटमा फोरजी चल्ने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन्।
टेलिकमले दोस्रो चरणमा महानगरपालिका लगायत सवै उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा सञ्चालन गर्ने भएको छ। माघ २२ गतेदेखि काठमाडौं र पोखरा बाहेक १५ वटा उप महानगरपालिकामा पनि फोरजी चल्ने प्रवक्ता बैद्यले बताइन्।
यो सेवाका लागि टेलिकमले छुट्टै टेण्डरको तयारी समेत गरेको छ। उनले बाँकी स्थानका लागि टेण्डरको भएको बताउँदै बार्षिकोत्सव अगाडी टुंगो लाग्ने बतार्इन्।
फोरजीका लागि प्रयोगकर्ताले अतिरिक्त पैसा तिर्नुपर्दैन्। साधारण थ्रीजी कै महशुलमा फोरजी चलाउन मिल्ने बैद्यले बताइन्। प्रिपेडका ग्राहकले १० एमबी डेटाका लागि आठ रुपैयाँ तिरेर दुई दिनको भ्यालिडिटी पाउँछन्।
टेलिकमका अनुसार ५० एमबीका लागि ३५ रुपैयाँ तिरेर १० दिनको भ्यालिडिटी पाउँछन्।त्यस्तै २०० एमबीको एकसय ३० रुपैयाँमा एक महिना, ५०० एमबीको तीनसय तिरेर एकमहिना, एक जीबीको पाँचसय तिरेर एकमहिना, तीन जीबीको १२ सय ९० तिरेर दुई महिना, पाँच जीबीको १८ सय तिरेर तीनमहिना र १० जिबीको २८ सय तिरेर ६ महिनाको भ्यालिडिटी पाउने टेलिकमले जनाएको छ।