प्राकृतिक सम्पदाको संरक्षण राज्यको दायित्वः मन्त्री गिरी
प्रकाशित मिति : २०७३, १७ पुष आईतवार २१:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, १७ पुस । सिँचाइमन्त्री दीपक गिरीले प्राकृतिक सम्पदाको संरक्षण राज्यको दायित्व भएको बताउनुभएको छ ।
Advertisement
रुपातालको पर्यापर्यटन तथा जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालन भएको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका लागि सबैको एकता र सहकार्य आवश्यक हुने बताउनुभयो ।
पर्यावरणीय संरक्षणका लागि तालतलैयाको संरक्षण अपरिहार्य भएको उहाँको भनाइ थियो । तालको संरक्षणले वातावरण संरक्षणका साथै पर्यटकीय आकर्षण बढ्ने र आर्थिक आय आर्जनका सम्भावना बढ्ने मन्त्री गिरीले विश्वास व्यक्त गर्नुभयो ।
सरकारले अगाडि सारेको परियोजनालाई सफल पार्न स्थानीयको सहयोग र सद्भावको आवश्यकता औँल्याउँदै उहाँले सो क्षेत्रमा आय आर्जनको लागि सिँचाइको व्यवस्था गरिने बताउनुभयो ।
मुख्यसचिव डा सोमलाल सुवेदीले पर्यटनको सम्भावना बोकेको रुपातालको एकीकृत विकासका लागि सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभयो ।
व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले सबै नागरिक जागरुक भएर परियोजनालाई सफल पार्नुपर्ने तथा अबको राजनीति समृद्धि र विकासका लागि हुनुपर्ने बताउनुभयो ।
पूर्वसभामुख तारानाथ रानाभाटले विकास निर्माणमा जनताको सद्भाव र सहयोग अपरिहार्य हुने बताउनुभयो । सो अवसरमा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी, सांसदद्वय जीवन परियार र यज्ञबहादुर थापाले स्थानीयको राय, सल्लाहअनुसार नै परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
परियोजनाअन्तर्गत १३५ हेक्टरमा फैलिएको रुपातालमा करिब रु एक अर्बको लागतमा ६६५ मिटर लम्बाइ र ६ मिटर उचाइको बाँध निर्माण गरेपछि पानीको सतह तीन मिटर बढ्ने भएको छ । बाँध निर्माणपछि उक्त क्षेत्रमा सिँचाइको व्यवस्था गरिने परियोजनाका प्रमुख श्रीराम जोशीले बताउनुभयो । व्यक्तिका नाममा रहेको करिब ८५५ रोपनी जग्गाको सरकारले मुआब्जाको व्यवस्था गरेको उहाँको भनाइ छ ।