रोल्पाका ५० प्रतिशत जनता टेलिफोनको पहुँचमा
प्रकाशित मिति : २०७३, १९ पुष मंगलवार १९:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रोल्पा, १९ पुुस । रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ ।
Advertisement
जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकद्वारा वितरण गरिएका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन् ।
जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताए ।
भौगोलिक दुर्गमताका कारण जिल्लाका सबै ठाउँमा समान पहँुच नभएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
पहुुँच नभएका स्थानमा थप पहुँच विस्तार गर्ने भन्दै जिल्लाका भावाङ, जेल्वाङ र मसिनालगायतका स्थानमा टावर विस्तार गरिन लागेको नेपाल टेलिकम रोल्पाले बताएको छ ।
साथै, जिल्लाका अन्य गाविसमा समेत पहुँच विस्तारका लागि सर्भेको काम सकिएको र निर्माण कार्य अगाडि बढाउन लागेको बताइएको छ ।