संविधान संशोधनमा एमालेले गरेको किचलो राष्ट्रिय हित विपरित:गृहमन्त्री
प्रकाशित मिति : २०७३, १६ माघ आईतवार १५:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पर्वत,१६ माघ । उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । एमालेको आवरण राष्ट्रवादका कारण अस्थीर राजनीतिले बढावा पाएको उनले टिप्पणी गरे ।
Advertisement
आइतबार पर्वतमा आयोजित एक कार्यक्रममा मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । सिमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको मन्त्री निधिको आरोप छ ।
संविधान संशोधनमा एमालेले गरेको किचलो राष्ट्रिय हित विपरित रहेको दाबी गर्दै निधिले राष्ट्रवादी दल र नेता चिन्नेबेला आएको धारणा राखे।शहिद स्मारक अंग्रेजी आवासीय माविको रजतजयन्तीको अवसरमा निधि कुश्मा आएका हुन् । सरकारको तर्फबाट निधिले पहिलोपटक शहिद चोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा आइतबार माल्यार्पण समेत गरेका छन् । ०६२/६३ को जनआन्दोलनमा गोविन्दनाथ शर्मा शहिद भएका थिए ।
मन्त्री निधिले शहिदको सपना साकार पार्न पनि अब सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताए ।