निर्वाचनमा भाग लिन इच्छुक दलहरुका लागि छोटो मिति राखेर दल दर्ता आह्वान
प्रकाशित मिति : २०७३, १५ फाल्गुन आईतवार १८:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौ,१५ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा भाग लिन इच्छुक दलहरुका लागि छोटो मिति राखेर दल दर्ता आह्वान खुलाएको छ ।
Advertisement
निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति निकालेर फागुन १८ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उपस्थित भई दल दर्ता गरि सक्न आहृवान गरेको हो ।यो आह्वान यसअघि आयोगमा दर्ता भइसकेका दलहरुका लागि मात्रै हो । आयोगले स्थानीय निर्वाचनमा भाग लिने प्रयोजनका लागि नयाँ दल दर्ता खुल्ला गरेको छैन । निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम निर्वाचन आयोगमा दर्ता भई आफू क्रियाशील जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूलाई मात्र आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।
आयोगले भनेको छ, ‘आगामी बैशाख ३१ गते सञ्चालन हुने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि फागुन १८ गतेसम्म कान्तिपथ, काठमाण्डौस्थित यस आयोगमा निवेदन दिने व्यवस्था गरिएको छ ।’