जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता पौडेल
प्रकाशित मिति : २०७३, २६ फाल्गुन बिहीबार १८:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नुभएको छ ।
आज बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने विचार व्यक्त गर्नुभयो । उहाँले मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका लागि रोक्न वा स्थगन गर्नुपर्ने भन्ने कारण नै नरहेको बताउनुभयो । नेता पौडेलले मधेसवादी दलहरुले भन्दैमा कुनै पनि हालतमा चुनाव स्थगन नहुने दाबी गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने बताउनुभयो ।
हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
Advertisement