मनाङमा सडकको हिउँ फाल्न सेना र प्रहरी
प्रकाशित मिति : २०७३, १ चैत्र मंगलवार ०८:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लमजुङ । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
Advertisement
जिल्ला सूरक्षा समितिको बैठक बसी जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो । बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङसारसम्म सडक पूरै अवरुद्ध भएको र सोमबार चामेबाट सडक सफा गर्ने काम सुरु भएको सहायक प्रजिअ पन्तले बताउनुभयो । सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको पन्तले बताउनुभयो ।
उहाँले सहज ठाउँमा सेना, प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्नका निम्ति सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको बताउनुभयो ।
उहाँले चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायत ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको र अब यातायात सञ्चालनका निम्ति सडक सफा गरिरहेको बताउनुभयो । मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।
अत्यधिक चिसोका कारण दुई दिनसम्म मनाङको सञ्चारका साथै विद्युत् पनि अवरुद्ध भएको थियो । मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो । बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्ता पनि भएका थिए ।