बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने
प्रकाशित मिति : २०७३, १ चैत्र मंगलवार १९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज:जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आज बाँकेका शिक्षकहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७३ बारे जानकारी दिएको हो । जिल्लामा २ वर्ष माथिका व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रमुख खिम बहादुर खड्काले जानकारी गराउनुभयो । उक्त औषधी खुवाउनकालागि जिल्लाभरीका स्वास्थ्यकर्मी, स्वायमसेवक परिचालन गरिएको उहाँले बताउनुभयो । २०६७ सालदेखि बाँकेमा निरन्तर खुवाउन थालेको औषधी अहिले निरन्तर खुवाईरहेको र कम हुदै गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यक्रमलाई सफल पार्नकालागि आ–आफ्नो स्थानबाट सहयोग गर्न जनस्वास्थ्य प्रमुख खड्काले आम जिल्लावासीसँग आग्रह गर्नुभएको छ । ५ गते नजिकैको स्वास्थ्य चौकी विद्यालयमा हात्तीपाइले रोग विरुद्ध औषधी खुवाईने र ५ र ६ गते सर्वसाधारणको घरघरमा गई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाईने जनस्वास्थ्य प्रमुख खड्काले जानकारी गराउनुभयो ।२ बर्ष मुनीका तथा गर्भवती र कुनैपनि औषधी सेवन गरेका व्यक्ती वाहेक सवैले निर्धक्क रुपमा औषधी सेवन गर्न सकिने जिल्ला जनस्वास्थ्य बाँकेका परिवार नियोजन सुपरभाइजर अधिकृत बसन्त गैरेले जानकारी गराउनुभयो ।
Advertisement