पुलिसलाई हराउदै अग्नि रुपन्देही ११ नेपालगन्ज गोल्डकपको फाइनलमा
प्रकाशित मिति : २०७३, १ चैत्र मंगलवार २०:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज: टुर्बोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको दोश्रो सेमीफाइनल खेलमा अग्नि रुपन्देही ११ विजयी बन्दै फाइनलको यात्रा गरेको छ ।
आज भएको सेमिफाइनल खेलमा अग्नि रुपन्देही ११ले नेपाल पुलिसलाई २-१ गोलले पराजित गरेको छ । नेपाल पुलिसका तर्फ बाट पहिलो हाफको ३३ औ मिनेटमा कप्तान जुमानु राइले पेनाल्टी मार्फत पहिलो गोल गर्दै पुलिस लाइ अग्रता दिलाएका थिए । तर पुलिसको खुशी नसकिदै त्यसको २ मिनेट पछि अग्नि रुपन्देही ११ का तर्फ बाट ३५ औ मिनेटमा अमर डंगोलले हेड मार्फत गोल गर्दै खेललाइ बराबरी गरेका थिए ।
Advertisement
कडा प्रतिश्पर्धात्मक खेलमा पुलिसका जुमानु राई , हरी कठायत र भरत शाहले गरेका थुप्रै प्रहारहरुले सहि दिशा दिन सकेनन ।
दोश्रो हाफ देखि आफ्नो लय समातेको अग्नि रुपन्देही ११ले पुन: दोश्रो हाफको २७ औ मिनेट गोल गर्दै बिजयी भएको हो ।उक्त बिजयी गोल अग्नि रुपन्देही ११ का तर्फ बाट अमर डंगोलले लक्ष्मन रुचालको पासमा हेड मार्फत गोल गरेका थिए ।
प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्दै २ गोल गरेका अग्नि रुपन्देही ११ का अमर डंगोल म्यान अफ द म्याच घोषित हुदै एउटा लेनोभो मोबाइल प्राप्त गरेका छन् ।आज भएको खेलमा नेपाल पुलिसका हरि कठायत , अग्नि रुपन्देही ११ का कालु थापा , सौरभ मगर र अजय थापाले पहेलो कार्ड प्राप्त गरेका थिए ।
यस प्रतियोगिताको फाइनल खेल सीएमजी संकटा क्लब र अग्नि रुपन्देही ११ बीच पर्सि चैत्र ३ गते हुने आयोजकले जनाएको छ ।फागुन २६ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मस्याङ्गदी क्लब , नेपाल पुलिस क्लव , दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको नेपाल फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।
गत बर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको छ भने उत्कृस्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले जनाएको छ ।