च्याउ खाएर एकै परिवारका ३ को मृत्यु
प्रकाशित मिति : २०७३, २४ चैत्र बिहीबार १८:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा । बिषालु जंगली च्याउको सेवनबाट पोखरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर बिरामी अवस्थामा राजधानीस्थित कान्ति अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement
बिषालु च्याउको सेवनबाट ६० बर्षीया माइली तामाङ, उनकी कक्षा ११ मा अध्ययनरत १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकी जेठी छोरीका कान्छा छोरा सोनम मगरको मृत्यु भएको छ ।
मृतक सोनमका दाइ १२ बर्षीय आयुष मगरको भने गम्भीर अवस्थामा कान्ति बाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खडग बहादुर खत्रीले जानकारी दिए ।
गत चैत १९ गते मनमायाले स्थानीय अकला मन्दिरको दर्शसँगै नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिबारका चारै जनाले खाएका थिए । त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरुले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेको प्रहरीले जनाएको छ ।
च्याउको बिषले गम्भीर असर गर्न थालेपछि उनीहरुमध्ये माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरियो भने आयुषलाई काठमाडौं रिफर गरिएको थियो ।
माइली र मनमायाको उपचाररत अस्पतालमा हिजो साँझ मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । त्यस्तै सोनमको आज मृत्यु भएको उनले जनाए ।