संघीय सरकारमा अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुने (नामसहित)
प्रकाशित मिति : २०७४, १७ जेष्ठ बुधबार १२:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालको संघीय सरकारमा अब प्रधानमन्त्रीसहित १८ मन्त्री मात्रै हुनेछन् । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ ।
Advertisement
सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए ।
समितिले पेश गरेको प्रस्तावमा उल्लेखि कतिपय मन्त्रालयको नाम र संरचनामा हेरफेर गर्नुपर्ने अवस्था रहेको राज्य व्यवस्था समिति सदस्य यज्ञराज सुनुवारले बताए ।
यसबारे आगामी शुक्रवारको बैठकमा छलफल हुनेछ । राज्यमन्त्रीहरु समेत राखेर बढिमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने संवैधानिक प्राबधान रहेको छ ।
यो प्रस्ताव कार्यन्वयन सहजीकरण समिति समेत बनिसकेको छ । समितिमा काशिराज दाहाल संयोजक छ भने कुमार योन्जन तामाङ, मधुरमण आचार्य, माधवप्रसाद रेग्मी, बिजयकुमार मल्लिक सदस्य छन् । समितिको सदस्य सचिवमा निता पोखरेल अर्याल रहेकी छन् ।
समितिले प्रस्ताव गरेका मन्त्रालय यस प्रकार छन् ।