धार्मिक आस्था केन्द्र मस्जिदमा पुगेर मत माग्दै नेताहरु
प्रकाशित मिति : २०७४, १९ जेष्ठ शुक्रबार १५:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज । माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा नेपालगंज उपमहानगरपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्षको घोषणापछि माओबादी केन्द्रले प्रचार अभियानलाइ तिब्र र आक्रमक बनाएको छ ।
Advertisement
माओबादी केन्द्रका नेता तथा मेयरका उम्मेदवार दामोदर आचार्यलाइ जिताउनका लागि बिभिन्न कार्यक्रम गर्दै आज शुक्रबार मुस्लिमहरुको मस्जिदहरुमा पुगी भोट मागे छन् ।
आचार्य आफै गाँउगाँउ तथा घरघरमा पुगेर आफ्नो उम्मेदवारीको बिषयमा बुझाउदै हिडेकाछन् । मुस्लिमहरुको धार्मिक आस्थाको केन्द्र नेपालगंज स्थित रहेका मस्जिदहरुमा शुक्रबारको नमाज सकेर बाहिर निश्की रहेका मुस्लिम ब्रतालुहरु संग आचार्यले बिकास निर्माण र जन सरोकारका बिषयहरु आफ्नो प्राथमिकता रहने भन्दै नेपालगंजलाई नेपालको उत्कृष्ठ उपमहानगरपालिका बनाइ छाड्ने भन्दै मत मागेका थिए ।
यस्तै नेपाली काग्रेशका तर्फबाट डाक्टर सुरेश कनोडियाले समेत मस्जिदहरुमा पुगी जनताहरु संग मत मागेका थिए । उनले नेपालगंजको विकासको भिजन आफू संग रहेको बताउदै आफू विजय भए नमूना काम गरेर देखाउने बताए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नेपालगंजको मेयर पदका उम्मेदवार डाक्टर धवल शम्सेर राणा आफू पार्टी भन्दा माथि उठेर जनताको हितमा काम गरेर देखाउने भन्दै मस्जिदहरुमा पुगेर जनताहरु संग मत मागेका थिए । उहाँले आफू विगतमा .मेयर भएर जनतालाई सेवा गरी सकेकोले यस पाली मेरो जित भयो भने जनताको सेवक भएर काम गरेर देखाउने मुस्लिमहरु संग प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालगंज स्थित रहेको जामा मस्जिद,फूलबारी मस्जिद लगायतका पुगी उम्मेदवारहरुले मत मागेका थिए ।
पुरीले अहिलेसम्म आफूले गरेका काम हेरेर अब थप काम गर्न दिनका लागि मत माग्ने गरेकाछन् । पुरीले आफ्नो पक्षमा मतदाताहरु रहेको र अब आफू नतिजाको ब्यग्र प्रतिक्षामा रहेको जनाए ।