भरतपुर १९ मा पुन: मतदान हुने : निर्वाचन आयोग
प्रकाशित मिति : २०७४, २० जेष्ठ शनिबार १६:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्लथ अनधिकृत कव्जा भएको ठहर गर्दै भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगले शनिवार सार्वजनिक गरेको आयोगको निर्णयमा ‘मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ ।
‘प्रस्तुत विषयमा आयोगले उल्लेखित प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने’ आयोगको निर्णयमा भनिएको छ ।
Advertisement
आयोगको शनिवार बसेको बैठकले भरतपुर महानगरमा पुनः मतदान गर्न निर्देशन दिइएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । नेकपा एमालेले भने मतगणना स्थल कसैको अनधिकृत कव्जामा नरहेको बताउँदै आएको छ । यसअघि मतगणना स्थलमा खटिएका माओवादी केन्द्रका दुइ कार्यकर्ताले जेठ १४ गते राती ९० मत च्यातेका थिए । सो स्थानमा पुनः मतदानको मिति भने महानगरका निर्वाचन अधिकृतले गर्नेछन् ।
प्रेस विज्ञप्ति
सहसचिव एवं प्रवक्ता