एकै घरका दाजु बहिनी एकै वडामा फरक फरक पार्टीबाट उम्मेदवार
प्रकाशित मिति : २०७४, २६ जेष्ठ शुक्रबार १२:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रुकुम । दोस्रो चरण अन्तरगत असार १४ गते हुन लागेको स्थानीय निर्वाचनमा रुकुमको भुमे गाउँपालिका वडा नम्वर ६ मा एउटै घरका दाजु-बहिनी फरक-फरक दलबाट उम्मेदवार बनेका छन् ।
Advertisement
दाजु हर्कप्रसाद सुनार एमालेबाट र बहिनी लिला सुनार माओवादी केन्द्रबाट वडा सदस्यमा उमेदवार बनेका हुन् ।
एमालेबाट उमेदवार बनेका हर्कप्रसाद बन समूहको कोषाध्यक्ष र आधारभूत विद्यालय डलिबाङको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।
माओवादीबाट उम्मेदवार बनेकी लिला सुनारले पनि लामो समयसम्म स्वास्थ्य स्वयंसेविका, बन समूहको सचिव र वडा नागरिक मञ्चमा वरिष्ठ सदस्यमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएकी छन् ।
चुनाव नजिकिएसँगै दुबैले आ-आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । दुबै दाजु-बहिनी बिगतदेखि नै समाजसेवामा रहेकाले चुनावमा कसले बाजी मार्ला भन्ने चासो छ ।