कांग्रेसले दाङ जिल्लामा उम्मेदवार चयन गर्न अझै सकेन
प्रकाशित मिति : २०७४, २८ जेष्ठ आईतवार ११:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । नेपाली कांग्रेसले पाँच नम्बर प्रदेशको अधिकांश जिल्लामा उम्मेदवार चयन गरिसके पनि दाङमा भने अझै छान्न सकेको छैन । पाँच नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा लिइएको दाङमा २ उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । अन्य स्थानीय तहमा विवाद नभए पनि घोराही र तुलसीपुर उपमहानगरपालिको प्रमुख कसलाई बनाउने भन्नेमा विवाद छ ।
Advertisement
नेपाली कांग्रेसका शीर्ष नेताहरुले जिल्लाका सांसदहरुसँग उम्मेदवारको विषयमा छुट्टा छुट्टै राय लिए पनि अन्तिम टुंगो लगाउन सकेको छैन । पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरु खुमबहादुर खड्का, दिपक गिरी, राजु खनाल, अनिता देवकोटा, बुद्धिराम भण्डारी र डिल्ली चौधरीसँग छुट्टा छुट्टै राय मागेका थिए । तर दाङ जिल्लाका सांसद तथा नेताहरुको मतैक्यता नहुँदा उम्मेदवार छान्न सकस परेको छ ।
तुलसीपुर र घोराही उपमहानगरपालिकाको मेयरमा आधा दर्जन बढी आकांक्षी छन् । खुमबहादुर खड्काले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गेहेन्द्र गिरीलाई प्रस्ताव गरेका छन् । गिरी कांग्रेसका पूर्वसांसद हुन् ।
तर, खुमबहादुरको काउन्टरमा दिपक गिरीले भने पूर्व जिल्ला सचिव शंकर गिरीलाई अघि सारेका छन् । गेहेन्द्र गिरी, दिपक गिरी र शंकर गिरी तीनै जना मामा फुपुका छोराहरु हुन् । तर, दाङको राजनीतिमा गेहेन्द्र र दिपकबीच राम्रो सम्बन्ध मानिँदैन । अर्का सांसद डिल्ली चौधरीले भने घनश्याम रेग्मीलाई अघि सारेका छन् । सांसद बुद्धिराम भण्डारी भने तेजबहादुर बस्नेतको पक्षमा खुलेर लागेका छन् ।
यसैगरी घोराही उपमहानगरपालिकाको मेयरमा भुपबहादुर डाँगी र कमलकिशोर घिमिरेको चर्चा छ । डाँगी दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेका व्यक्ति हुन् भने घिमिरे कांग्रेस जिल्ला सचिव हुन् ।
अर्का सांसद राजु खनाल भने भुपबहादुर डाँगीको पक्षमा छन् । घोराही दाङ क्षेत्रनम्बर ३ मा पर्ने र आफू पनि सोही क्षेत्रको सांसद भएकाले डाँगीलाई टिकट दिँदा राम्रो हुने खनालले बताउने गरेका छन् ।
अर्की सांसद अनिता देवकोटा भने दाङका पूर्वसभापति विरकेशरी गौतमलाई टिकट दिलाउन भन्दै दौडधूपमा लागेकी छन् ।लमही नगरपालिकामा जोगराज चौधरी र दिवानजंग चौधरी मुख्य दाबेदार छन् । दुबै खुमबहादुर खड्का निकट मानिन्छन् ।
एमाले र माओवादी केन्द्रले भने उम्मेदवार टुङगो लगाइसकेका छन् ।