मतदाता भन्छन्: ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’
प्रकाशित मिति : २०७४, २९ जेष्ठ सोमबार ०९:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पाल्पा । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् ।
Advertisement
राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन् ।
बजार, चोक, चौतारीलगायत विभिन्न स्थानमा दिनहुँजसो मतदाता आफैँ नै राम्रा व्यक्तिको पहिचान गरेर मात्र यस पटकको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्न अपिल गरिरहेका छन् ।
यसभन्दा अगाडिका निर्वाचनमा दलको दबाबमा परेर मतदान गरेर विजयी भएका नेतृत्वकर्ताले गाउँको विकासमा वास्ता नगरेका कारण यस पटक भने मतदाता आफैँ विकासशील, सक्षम र गाउँका समस्या समाधान गर्ने उम्मेदवारको खोजीमा छन् ।
सत्तामा बस्नका लागि सधैँ चुनावी समयका बेला गाउँ पस्ने नेता, कार्यकर्तालाई रामपुरका मतदाताले यस पटक गाउँ नफर्कन पनि आग्रह गरेका छन् । सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल सहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरुको अपिल छ ।
यसभन्दा अगाडि दलियगत हिसाबले मतदान गरियो, यस पटक व्यक्ति विशेष हेरेर मात्र मतदान गर्ने सोचमा रहेको रामपुरका मतदाता सरस्वती सोमै बताउनुहुन्छ ।
“पहिला पहिला पार्टीगत रुपमा मतदान गरौँ भनेर पार्टीको झन्डा बोकेर हिँडियो, अब पार्टीका झन्डा बोकेर होइन, सक्षम उम्मेदवार खोजी खोजी मतदान गर्ने अभियानमा जुटेका छौँ” उहाँले भन्नुभयो ।
चुनावको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरु पार्टीका झन्डा बोकेर कार्यकर्तासहित गाउँगाउँमा चुनावी माहोलमा छन् त कोही सक्षम र योग्य राम्रा व्यक्तिलाई मतदान गर्ने तरिकाबारे मतपत्र बोकेर गाउँगाउँमा पुगेका छन् ।