‘नेपालगन्जमा कांग्रेसको जित सुनिश्चित छ’: डा सुरेश कनौडिया
प्रकाशित मिति : २०७४, ३० जेष्ठ मंगलवार १५:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: नेपाली कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका प्रत्याशी डा. सुरेशकुमार कनौडियाले नेपालगञ्जको मुहार फेर्नका लागि मेयर पदमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ ले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मेयर पदका प्रत्याशी डा. कनौडियाले भने, “मेयर, उपमेयर र वडाहरुमा हाम्रा उम्मेदवारहरुको जीत सुनिश्चित भइसकेको छ । निर्वाचन त वैधानिकता दिने कुरा मात्र हो ।”
Advertisement
डा. कनौडियाले राजनीतिलाई आफूले व्यवसायको रुपमा नहेरेर यसलाई एउटा सेवाको रुपमा लिएको पनि बताएका छन् । नेपाली कांग्रेस काम गरेर मात्र बोल्ने पार्टी हो भन्दै आफू मेयर पदमा विजयी भएपछि उपमहानगरपालिकाबाट प्राप्त हुने कुनै पनि रकम वा भत्ता आफूले नलिने स्पष्ट पारे ।
यसैगरी नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका नगर सभापति प्रशान्त विष्टले अन्य पार्टीहरुले आफूलाई निकै राष्ट्रवादी भएको ठाने पनि नेपालमा नेपाली कांग्रेशबाहेक कुनै पनि पार्टी सच्चा राष्ट्रवादी नभएको ठोकुवा गरे । अन्य दलहरुले आयातीत विचार र सिद्धान्तलाई मान्दै आएको चर्चा गर्दै विष्टले नेपाली कांग्रसबाहेकले आफूलाई राष्ट्रवादी बताउनुको कुनै अर्थ नभएको दावी गरे । उनले नेपाली कांग्रेसले मात्र टोपी र धोतीको सम्बन्धलाई बुझेको उल्लेख गरे ।
कार्यक्रममा महासमिति सदस्यद्वय राकेश श्री वास्तव र राजकुमार वर्मा, महाधिवेशन प्रतिनिधि फनबहादुर गुरुङ, क्षेत्रीय सभापति रमेश गुप्ता, तरुण दल बाँकेका सभापति वीरेन्द्रकुमार शाह, तरुण दल क्षेत्रीय सभापति धनराज वर्मा लगायत वडा सभापति तथा अध्यक्षका उमेदवारहरुले अब नयाँ रणनीतिका साथ कसरी जाने भन्ने कुरामा छलफल गरेका थिए ।