कोहलपुर नगरपालिकामा मेयर पदमा भानुभक्त भट्टराईद्धारा उम्मेदवारी दर्ता
प्रकाशित मिति : २०७४, ४ असार आईतवार २२:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, कोहलपुर । नेपाली काँगे्रसका कोहलपुर नगरपालिका मेयर पदका उम्मेदवार कोहलपुर नगरपालिकामा मेयर पदका उम्मेद्धार भानुभक्त भट्राइ, उपमेयरका उम्मेद्धार सन्जु कुमारी थारुले अँइतबार कोहलपुर स्थित कोहलपुर नगरविकास समितीको भवन निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना परम्परागत भेषभूषामा सजिएर मनोनयन दर्ता गर्न कोहलपुर नगर कमिटी कांग्रेस सचिवालय पिपल चौताराबाट निस्केको ¥याली मुख्य निर्वाचको कार्यलयमा मनोनयन दर्ता गर्ने स्थलसम्म पुगेको थियो ।
कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार भानुभक्त भट्राइ र उप मेयर पदका उम्मेदवार सन्जु कुमारी थारु सहित कोहलपुर नगरका १५ वडाका वडाध्यक्ष सहितका सदस्य पदका उम्मेदवारहरुले आज दियसो साढे १ बजे उम्मेदवारी मनोनयन गरेका हुन् । मेयरका उम्मेदवार भानुभक्त भट्राइको प्रस्तावकमा नेपाली काँग्रेसका बरिष्ठ नेता नारायण प्रसाद सिग्देल र समर्थकमा कोहलपुर नगर कमिटी अध्यक्ष बलराम शर्मा रहि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यस्तै उपमेयरको प्रस्तावकमा नेपाली काँग्रेस बाँकेको जिल्ला सदस्य चिन्तामणी धिताल रसमर्थकमा पूर्व महाधिवेसन प्रतिनिधि कृष्ण बहादुर कार्कीकको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
स्थानिय कार्यकर्ताहरु आफ्ना परम्परागत भेषभूषामा सजिएर ¥यालीमा हजारौको सहभागिता रहेको थियो ।
उम्मेदवारी दर्ता गर्नु अघि नेपाली काँग्रेस कोहलपुर नगर पाटी कार्यलयमा विपी कोइरालाको तस्विरमा माल्यापण गरी शुभकार्यका लागि पुजाआजा गरिएको थियो । कांगे्रसको झण्डा, चुनावचिन्ह रुख अंकति झण्डा, टिसर्ट लगाएका हजारौं नेता, कार्यकर्तासहित पार्टी कार्यालयबाट भब्य ¥याली निकालीएको थियो । उम्मेदवार सहितको उत्साहपूर्ण भब्य ¥यालीले पिपल चौतारा, साझा, कोहलपुर बजार क्षेत्र न्यूरोड हुदै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको नेपाली काँग्रेस कोहलपुर नगर कमीटीका सचिव भूम भण्डारीले बताउनुभयो । ¥यालीमा हजारौंले आफ्ना परम्परागत भेषभूषामा सजिएर सहभागीता रहेको थियो भने कयौं स्थानीयले रयालीलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।
मनोनयन दर्ता लगत्तै कोहलपुर नगर व्यापार मेला स्थल न्यूरोडमा आयोजित सभामा मेयरका उम्मेदवार भानुक्त भट्राइले कोहलपुरका विकासका लागि नेपाली कांग्रसले नै कोहलपुरको विकास गर्ने भएकोले आफु र आफ्नो टिमलाइ जिताउन अपिल गर्नुभएको थियो । भट्राइले आफ्नो घोषणपत्रमा उल्लेख भए बमोजिमा सम्पूर्ण एजेन्डामा रहि काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उप मेयर उम्मेदवार सन्जु कुमारी चौधरीले नेपाली कां्रेसको तर्फबाट कोहलपुरले शिक्षत युवा र सक्षम काम गर्ने टिम पाएकाले रुख चिन्हमा मतदान गर्न सम्ूर्ण कार्यकता तथा स्थानियहलाइ आवहान गर्नु भयो । हजारौंको मास रहेको समारोहमा काँगे्रस क्षेत्र नम्बर १ का संसादका उम्मेद्धार नारायण प्रसाद सिग्देल, कोहलपुर नगर कमीटी अध्यक्ष बलराम शर्मा, लगायत महासमतिी सदस्य, महाधिवेशन प्रतिनिधि, महिला संघ , विभिन्न भतृ संङ्गठन लगायत स्थानियहरुको पनि सहभागिता रहेको थिया्े ।
Advertisement