मोवाइलको पासवर्ड भुल्नुभो ? यसरी सजिलै खोल्नुहोस्
प्रकाशित मिति : २०७४, ६ असार मंगलवार १२:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अहिले स्मार्टफोन चलाउनेहरुको संख्या दैनिकजसो बढिरहेको छ । मोवाइल प्रयोग गर्नेमध्ये धेरैको चाहना स्मार्टफोन प्रयोग गर्नु हुन्छ । र स्मार्टफोन प्रयोग गर्ने प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम/पासवर्ड राखेका हुन्छन् । तर कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् ।
Advertisement
यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ । लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन् । तर अब तपाईको मोबाइलको लक खोल्न त्यति गाह्रो छैन ।
यो आलेखमा मोवाइलको लक खोल्न सजिलाे उपाय बताइएको छ । यो पढिसकेपछि लक बिर्सेकै कारण कुनैपनि स्मार्टफोन प्रयोगकर्ताले आफ्नो मोवाइल परिवर्तन गर्नुपर्ने छैन ।
A) यदि तपाईले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।
B) त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटम, होम स्क्रिन बटम र पावर बटम एकै पटक दबाउनुस् । त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँवटा अप्सन देखिनेछन् ।
१- रिबुट डाटा(reboot Data)
२- वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
३- इन्स्टल अपडेट(Install Update)
४- पावर डाउन (Power down)
५- एड्भान्स अप्सन(Advance Options)
C) देखिएका ५ वटा अप्सनमध्ये वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) सेलेक्ट गर्नुस् ।
D) वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि अर्को अप्सन देखिने छ । जसमा एस (Yes) सेलेक्ट गर्नुस् । तर त्यसो गर्दा तपाईँको फोनको तस्बिर, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ । यसो गर्नुअघि सोच्नु जरुरी छ ।
E) यी सबै ‘D’ नम्बरको प्रक्रियामा आधारित हुनेछ । जसले केही समय लिन सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस् । त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।