दाङका दुई उपमहानगरमा एमालेले आफ्नो अग्रता फराकिलो पार्दै
प्रकाशित मिति : २०७४, १८ असार आईतवार ०९:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । दाङका दुई उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रता फराकिलो पार्दै लगेको छ। प्रारम्भिक चरणबाटै अग्रता सुरु गरेको एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकामा आफ्नो मतान्तर बढाउँदै लगेको हो।
Advertisement
३१ हजार मत गणना हुँदा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले १३ हजार १ सय ४६ मतका साथ अग्रता कायम राखेका छन्। कांग्रेसका भुपवहादुर डाँगी ९ हजार ६ सय ८२ मतका साथ दोस्रो स्थानमा छन् भने नेकपा माओवादी केन्द्रका जीवन गौतम ७ हजार २ सय १९ मतका साथ तेस्रो स्थानमा छन्।
यस्तै उपमेयरमा एमालेका सीता न्यौपाने १२ हजार ३ सय ५७ मतका साथ अग्रस्थानमा छिन् भने कांग्रेसकी पुष्पा श्रेष्ठ ९ हजार ९ सय ४७ मतका साथ दोस्रो र माओवादी केन्द्रकी सीता चौधरी ७ हजार ४ सय ८७ मतका साथ तेस्रो स्थानमा छिन्।
यस्तै तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका घनश्याम पाण्डेले ६८८७ मतका साथ अग्रता कायम राखेका छन्। कांग्रेसका गेहेन्द्र गिरी ४८६५ मतका साथ दोस्रो र माओवादीका शेषुराम भण्डारी २४७० मतका साथ तेस्रो स्थानमा छन्। यस्तै उपमेयरमा पनि एमालेका मायाँ आचार्य ६०९२ मतका साथ पहिलो, कांग्रेसकी देबीका नेपाली ५०९२ मतका साथ दोस्रो र माओवादी केन्द्रकी सीता ओली २१६४ मतका साथ तेस्रो स्थानमा छिन्।
यस्तै लमही नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ। मेयरमा कांग्रेसका जोगराज चौधरी २ हजार ८४ मतका साथ अग्रस्थानमा छन् भने एमालेका कुलवहादुर १ हजार ५ सय ८९ मतका साथ दोस्रो र माओवादीका द्रोपदा पौडेल १ हजार १ सय ९२ मतका साथ तेस्रो स्थानमा छन्। यस्तै उपमेयरमा कांग्रेसका देबका बेलबासे २ हजार १ सय ८९ मत सहित अग्रस्थानमा छिन् भने एमालेकी मिना गुरुङ १ हजार ५ सय ३ मत सहित दोस्रो र माओवादीका कालुराम चौधरी १ हजार २ सय ४३ मत सहित तेस्रो स्थानमा छन्।
चार तहको गणना सकियो
दाङका १० स्थानीय तह मध्य चार स्थानीय तहको मतगणना सकिएको छ। जस अनुसार कांग्रेस,एमाले र माओवादी केन्द्रले एक/एक स्थानमा अध्यक्षमा जीत निकालेका छन् भने एउटा गाउँपालिकामा भने एमाले अध्यक्ष र कांग्रेस उपाध्यक्षमा बिजयी भएका छन्।
गढवा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। दंगीशरण गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। यस्तै राजपुर गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र निर्वाचित भएको छ।