मोबाइल भरिएर हैरान हुनुहुन्छ ? यसरी खाली गर्नुस्
प्रकाशित मिति : २०७४, १९ असार सोमबार १७:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धेरै जसो स्मार्टफोन प्रयोगकर्ताहरुको समस्या भने त्यसको प्रयाृग गर्दा जहाँ हुने मेमोरिको अभाव हो । अझ त्यस्ता स्मार्ट फोन प्रयोगकर्ताहरु समस्यामा पर्ने गर्छन जसकोमा मेमोरिकार्ड राख्न मिल्दैन ।
मेमोरि कम भएका कारण फोटो खिच्न , आफूलाई मनपरेको भिडियो, एपहरु डाउनलोड गर्न समस्या पर्ने गरेको छ भने त्यसको समस्या समाधानका केही उपाय अपनाउन सकिन्छ ।
Advertisement
१. क्लियर क्याच तथा डाटा
यसका लागि Setting<Storage<Apps मा जाने । त्यहाँ एप्सलाई open गरी Storage मा जाने । त्यसपछि प्राप्त दुुई विकल्प clear data तथा clear cache मा दुुबै अप्सनमा क्लिन गर्न सक्नुहुन्छ ।
त्यस्तै, Settings<Storage<Internal Storage<Cached data मबतब बाट प्रयोगकर्ताले फोनको इन्टर्नल मेमोरीको cache data हटाउन सक्दछन् । फोनमा विस्तारै विस्तारै १०० एमबी वा त्यो भन्दा पनि धेरै cache डाटा भरिएका हुन्छन् ।
२. एपलाई microSD कार्डमा मूभ गर्ने
कतिपय प्रयोगकर्ताालई थाहा हुँदैन की प्ले स्टोरबाट इन्स्टल गरेका एपहरु फोनको इन्टर्नल मेमोरीमा सेभ हुन्छन् । ती एपलाई फोनको इन्टर्नल मेमोरीबाटmicroSD कार्डमा सार्न सकिन्छ । यसका लागि Settings<Storage<Apps मा जानुपर्दछ । यदि एपमा Move to card को अप्सन आयो भने त्यसलाई इन्टर्नल मेमोरीबाट कार्डमा सार्न सकिन् छ। तर कतिपय एप चाहीँ फोनको रजिस्ट्री सँग जोडिएका हुन्छन्, त्यसैले मूुभ गर्न सकिँदैन ।
३. गुगल फोटोजको प्रयोग
कार्ड तथा इन्टर्नल मेमोरीले पनि स्मार्टफोनका डाटा अटाउन सकेन भने अर्को विकल्प पनि छ । त्यसका लागि Google Photos को प्रयोग गर्न सकिन्छ । गुुगल आफ्ना प्रयोगकर्तालाई १५ जिबीको निशुल्क क्लाउड स्पेस दिन्छ । जहाँ प्रयोगकर्ताले १६ मेगापिक्सेल साइजका फोटोसँगै एचडी भिडियो समेत सेभ गर्न सक्दछन् । न्ययनभि एजयतयक मा गएर अटोम्याटिक ब्याकअप अन गरिसकेपछि त्यहाँ सेभ भएका फोटो तथा भिडियोलाई कार्ड तथा इन्टर्नल मेमोरीबाट हटाउन सकिन्छ ।
४. क्लाउड स्टोरेजको प्रयोग
फोनको इन्टर्नल मेमोरीका सम्पूर्ण डाटाहरु क्लाउड स्टोरेजवाला एप्स जस्तै Dropbox, One Drive तथा Google Drive मा सार्न सकिन्छ । यी क्लाउड एप सुरक्षित तथा निशुल्क हुन्छन् । आफ्ना डाटालाई सधैभरका लागि सेभ गर्न सकिन्छ यहाँ र चाहिएको बेला प्रयोग गर्न सकिन्छ ।
५.लाइट एप्सको प्रयोग
Face, Messenger, YouTube जस्ता कैयन एपहरु फोनको इन्टर्नल मेमोरीमा इन्स्टल हुन्छन् । यी एपमा अपडेट पनि आइरहन्छन् । अपडेटले यी एपको साइजलाई कैयौँ गुणा बढाइदिन्छ । तर यी सबै एपको प्ले स्टोरमा लाइट भर्सन पनि उपलब्ध हुन्छ ।
लाइट भर्सनले कम स्पेस लिन्छ । साथै यसमा अपडेट धेरै नआउने भएकाले यसले फोनको स्पीडमा पनि असर गर्दैन ।
एजेन्सी