कोहलपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका लुटबहादुर रावत विजयी
प्रकाशित मिति : २०७४, २१ असार बुधबार १९:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका लुटबहादुर रावत विजयी हुनुभएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी सञ्जु कुमारी थारु विजयी हुनुभएको छ । रावतका निकटतम् प्रतिद्वन्दि नेपाली कांग्रेसका भानुभक्त भट्टराई भन्दा ८३ मत बढी प्राप्त गरेर मेयरमा विजयी हुनुभएको हो । रावतले ९,००७ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले ८,९२४ मत पाउनुभयो । उपमेयर निर्वाचित थारुले १०,०५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दि नेकपा एमालेकी कृष्णा कुमारी चौधरीले ९,३७९मत प्राप्त गर्नुभयो । कोहलपुर नगरपालिकामा १५ वडा मध्ये ७ ओटा वडामा कांग्रेस, ७ वडामा नेकपा एमाले र १ वडामा माओवादी केन्द्र विजयी भएका छन् । वडा नम्वर ५,,६,७,९,१०,१४ र १५ मा नेपाली कांग्रेस विजयी भएको छ । भने वडा नम्वर १,२,३,८,,११,१२, र १३ वडामा नेकपा एमाले विजयी भएको छ । भने वडा ४ मा माओवादी केन्द्र विजयी भएको छ ।
यो संगै बाँके जिल्लामा रहेका ८ वटै स्थानीय तहले जनप्रतिनिधि पाईसकेका छन।नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपािलका ,डुडुवा गाउपालिका , राप्तीसोनारी गाउपालिका , नरैनापुर, जानकी, खजुरा र बैजनाथ गाउँपालिका गरी ८ वटै स्थानिय तहले जनप्रतिनिधि पाएका हुन ।ती मध्ये ४ वटामा नेकपा एमाले, २ वटामा नेपाली कांग्रेस, संघीय समाजबादी फोरम १ र राप्रपा १ तहमा विजयी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका डा. धवल शमशेर राणा र उपमेयरमा नेपाली कांग्रेसकी उमा थापा मगर विजयी हुनुभएको छ । राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाहुराम थारु र उपाध्यक्षमा कांग्रेसकै धनीकुमारी खत्री विजयी हुनुभएको छ भने डुडुवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा कांग्रेसकै साहिदा बानु विजयी हुनुभयो । बैजनाथ गाउँपालिकामा भने नेकपा एमालेका मान बहादुर रुचाल र उपाध्यक्षमा पनि एमालेकै शारदा विक निर्वाचित हुनुभएको छ । नरैनापुर गाउँपालिकाको अध्यक्षमा संघीय समाजबादी फोरमका इस्तियाक अहमद साह र उपाध्यक्षमा फोरमकै जयन्तिदेवी श्रीवास्तव विजयी हुनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिकाको प्रमुख उपप्रमुखमा नेकपा एमालेले जितेको छ । एमालेका किस्मत कुमार कक्षपतिले ८ हजार ७० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका डम्बर बिक तुफानले ६ हजार ८९२ मत पाउनुभएको छ । उप प्रमुखमा एमाले कै एकमाया विकले ८ हजार २१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी फिरोज बानो खाँले ६ हजार ४३३ मत प्राप्त गर्नभएको छ । ८ वडा रहेको सो गाउपालिकामा एमालेले १, २ ४, ६ र ७ वडामा प्यानलै जितेको छ भने नेपाली काँग्रेसले वडा नं. ५ र ८ मा, माओवादी केन्द्रले वडा नं. ३ मा अध्यक्ष मात्र जितेको छ ।
Advertisement