नेपालगन्ज उपमहानगरमा निर्वाचित जनप्रतिनिधिहरुलाई आज सपथ ग्रहण
प्रकाशित मिति : २०७४, २२ असार बिहीबार २१:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई आज सपथ ग्रहण गराइएको छ । उपमहानगरपालिका कार्यालयमा कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नवनिर्वाचित मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर र २३ वटै वडाका अध्यक्षहरुलाई सपथ ग्रहण गराउनुभएको हो सपथ ग्रहणमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका नवनिवार्चित धवल शमशेर राणाले नेपालगञ्ज उपमहानगरपालिकाको विकासमा आफु प्रतिबद्ध भएको लागेको बताउनुभयो । राणाले चुनावमा भाषण गरेर सकियो अव नगरपालिकामा काम गरेर देखाउने अवसर दिएकोले आफु विकासमा आफु गम्भिर भएको बताउनुभयो ।
राणाले हामी सवै आफ्ना पाटी बाट निर्वाचत भएर आए पनि पाटीको व्यानर छोडेर पाटी भन्दा माथी रही काम गर्नुपर्ने बताउनुभयो । पाटी र व्यक्तिगत स्वार्थ भन्दा पनि नगरपालिकाको विकासमा सेवक बनेर आएको छु सम्झी काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उपमेयर उमा थापा मगरले नेपालगञ्ज उपमहानगरपालिकाको विकास र नगरपालिकालाइ समृद्ध गराउनका लागि आफ्नो पनि महत्वपूर्ण भूमिका रहने बतानुभयो । थापाले नेपालगञ्ज बासीले देखेको सपना पुरा गर्ने जिम्मेवारी निर्वाचित जनप्रतिनिधिलाइ थपेकोले आफुहरु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा निर्वाचित सबै पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र पनि आजै वितरण गरिएको छ । मेयर, उपमेयर र वडा अध्यक्षहरुको सपथग्रहणपछि मेयर डा.राणाले निर्वाचित वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । मेयर डा.राणा र उपमेयर थापाले आजैदेखि पदभार सम्हाल्नुभएको छ ।
Advertisement
कार्यक्रममा बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्याधिस तेज नारायण पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका संयोजक हरी प्याकुरेल, भेरी अञ्चल प्रमुख एएसएसपी महेश विक्रम शाह, जिल्ला प्रहरी प्रमख एसपी टेक प्रसाद राइ लगायत निर्वाचित जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, विभिनन संघसंस्थाका प्रतिनिधि लगातको सहभागिता रहेको थियो ।