बाँकेमा मतदाता शिक्षा फेल, औपचारिकताका लागि मात्र मतदाता शिक्षा
प्रकाशित मिति : २०७४, २७ असार मंगलवार १६:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज । ८ स्थानिय तह रहको बांकेमा २ सय ९५ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालित भएता पनि समग्रमा बांकेमा १३ देखि १४ प्रतिशत मत बदर भएको विभिन्न गैरसरी संस्थाबाट खटिएका प्रवेक्षक टोलीको प्रतिवेदनमा उल्लेख गरीएको छ । नेपालगंज उपमहानगरपालिकामा मात्र हर्ने हो भने प्रमुख पदमा सदर मत ४१ हजार ८ सय ५३ भएको छ भने बदर मद ६ हजार ८ सय १६ रहेको छ । यसको बदर प्रतिशत १४ हुनआउछ । उपप्रममुख पदमा सदर मत ४१ हजार ४ सय ५५ छ भने बदर मत ७ हजार २ सय रहेको छ । यसको प्रतिशत १४ दशमलव ८२ रहेको छ ।
बाँकेको खजुरामा गरिएको नमुना मतदान । फोटो : कमला हमाल
Advertisement
यस्तै नेपालगंजका २३ वटै वडामा गरेर सदर मत ४२ हजार ४१ छ भने बदर मत ६ हजार ६ सय रहेको छ । यसको बदर प्रतिशत १३ दशमलब ६२ हुन आउछ । मतदाता शिक्षा अन्तिम समयमा संचालन गर्दा यसरी धेरै मत बदर भएको मतदातका शिक्षा कार्यक्रम संचालन गरेको सस्था असल शासन कल्ब बासका निर्देशक नमस्कार शाह बताउनुहुन्छ । शाहले निर्वाचन आयोगसंग आफ्ना कर्मचारी नहुनु, ढिलो गरी मतदाता शिक्षा सञ्चालन गर्नुले पनि मतदाता शिक्षा प्रभावकारी नभएको बताउनुभयो ।
इन्सेक क्षेत्रिय कार्यलय नेपालगञ्जका प्रमुख भोला महतले चुनावका वेला मात्र मतदाता शिक्षा प्रदान गरीएकोले मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको बताउनुभयो ।मतदाता शिक्षा भनेको सधै सिकाउने कुरा हो त त्यो प्रभावकारी बन्न नसकेको बताउनुभयो । महतले सरकारी पक्षतथा गैरसरकारी संस्थाले पनि औपचारिकताकालागि मात्र मतदाता शिक्षा दिइएकोले यस्तो स्थिती आएको बताउनुभयो ।
मतदाताले मतदान गर्दा धेरै गल्तिहरु गरेकाले मतपत्रहरु बदर भएको निर्वाचन अधिकृतहरुले बताएका छन । बांकेका मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेलले मतदान गर्दा औठा छाप देखी लिएर ७ ठाँउमा हाल्नुपर्नेमा १४ ठाँउमा हालेको भेटिएको बताउनुभयो ।
बांके जिल्ला भरको बदर मत हेर्ने हो भने निर्वाचन शिक्षा कार्यक्रमको प्रभावकारिता नभएको स्पष्ट रुपमा देखिन्छ । मतपत्र लामो र झन्झटिलो हुदा बदर मत धेरै भएको दावी गर्नुहुन्छ नेपालगंजस्थित क्षेत्रिय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बसन्तराज अधिकारी । हरेक उम्मेदवारको छुट्टा छुट्टै बदर मत संख्या हेर्दा अझै धेरै मत बदर भएको अवस्था छ । पार्टिगत नभएर ब्यक्ति छनोट गरेर मतदान गर्दा बदर मत धेरै देखिएको बताउनु हुन्छ बांकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ स्थानियतह पहिलो चरणको निर्वाचनमा बदर मतबढी देखिएपछि दोस्रो चरणमा घटाउने लक्ष्य लिएर निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाएको थियो । तर एक महिना सम्मचलेको मतदाता शिक्षा बांकेमाभने प्रभावकारी बन्न सकेन ।