छिट्टै लोकप्रिय बन्यो नेपालगन्जको रेडियो सद्भाव ९१.२ मेगाहर्ज
प्रकाशित मिति : २०७४, ३० असार शुक्रबार १३:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
स्टेशन प्रमुख नवीन गिरी
नेपालगञ्ज:सञ्चालनको तीन महिना नपुग्दै नेपालगन्जमा रहेकोे रेडियो सद्भाव ९१.२ मेघाहर्जले स्रोतामाझ राम्रो छाप पार्न सफल भएको छ। विहान साढे ६ बजेको सद्भाव समाचार अहिले मध्य र सुदूरका विभिन्न रेडियोहरुले रिले गर्ने गरेका छन् । ‘मोफसलको रेडियोले उत्पादन गरेको समाचार अन्य रेडियोबाट पनि प्रशारण हुनु निकै ठूलो उपलब्धि हो’ रेडियोका प्रबन्ध निर्देशक दामोदर भण्डारीले भने ।
पश्चिम नेपालकै ‘उत्कृष्ट रेडियोकर्मी’ रहेको उक्त रेडियोले खासगरी पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानदेखि मतगणना सम्पन्न नभईञ्जेलसम्म विहान ५ बजेदेखि राती २ बजेसम्म ताजा निर्वाचन अपडेट दिएर आफ्नो दायित्व निभाएको स्टेशन प्रमुख नवीन गिरीले बताए ।
Advertisement
‘रेडियोले स्रोताको चाहनालाई पूरा गर्नुपर्छ, त्यो रेडियो सद्भावले पूरा गरेको देखियो, एउटै हातले मोटरसाइकल चलाएर मेची महाकाली यात्रा सम्पन्न गरेका नेपालगन्ज १८ कारकाँदोका निर्मल शाहले भने–‘निर्वाचनमा सत्य, तथ्य र छिटो जानकारी गराएकाले त्यतिबेला म राती २ बजेसम्म रेडियो सद्भावकै साथमा रहेँ ।’
उनले निर्वाचन अपडेट मात्र नभएर रेडियोका हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए । गैसस महासंघ बाँकेका सचिव नमस्कार शाहले छोटो समयमा रेडियो सद्भावले नेपालगन्जमा प्रभाव छोड्न सफल भएको बताए । उत्कृष्ट कार्यक्रम प्रस्तोता, भिन्दै शैली र स्रोताको चाहनामा आधारित कार्यक्रम रेडियो सद्भावले दिन सकेको भन्दै उनले खुसी व्यक्त गरे ।
हरेक दिन विहान ८ बजेको ८ खवरपछि प्रशारित अन्तरवार्तामूलक कार्यक्रम ‘रियल टक’ चर्चित कार्यक्रम हो । स्थानीय मुद्दामा पेचिलो वहस गर्ने यो कार्यक्रममा पर्दा पछाडिका पात्रहरुलाई पनि प्रस्तुत गर्ने गरिएको स्टेशन प्रमुख गिरीले बताए ।
समाचार र सूचनामा पश्चिम नेपालकै पृथक मानिएको रेडियो सद्भावमा कार्यक्रम पनि त्यत्तिकै स्रोतामुखी छन् । संगीतप्रेमी स्रोताका लागि लक्षित गरी प्रशारणमा रहेका एमओसी रिलोडेड, बसीवियाँलो, रंग मधुरस, डायल एण्ड टक, भावसरोवर, कलिउड डायरी यस क्षेत्रकै चर्चित कार्यक्रम हुन् ।
त्यसैगरी थारु भाषी स्रोतालाई लक्षित गरी सुरु गरिएको ‘हमार भाषा लिरौसी बोली’ नामक कार्यक्रम दैनिक रुपमा प्रशारण गर्ने रेडियो सद्भाव नेपालगन्जकै एक मात्र रेडियो हो । यौन प्रजनन् र स्वास्थ्यसँग जोडिएको अन्तरंग कार्यक्रम प्रशारण गर्ने पनि रेडियो सद्भाव नेपालगन्जकै एक मात्र रेडियो हो । मध्यपश्चिमका विभिन्न जिल्लाहरु पुगेर तयार पारिने कृषि कार्यक्रम खेतीपाती पनि निकै लोकप्रिय कार्यक्रम हो ।
रेडियोले कृषि, अर्थ, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण लगायत सबै क्षेत्रलाई समेटेर कार्यक्रमहरु प्रशारण गरिरहेको छ । खेतीपाती, अर्थबजार, स्वास्थ्य सरोकार, शिक्षा संवाद जस्ता कार्यक्रमहरु लोकप्रिय भएका छन् ।
समीरमान श्रेष्ठले सञ्चालन गर्दै आएको ‘एमओसी रिलोडेड’ ब्राण्डेड कार्यक्रम हो, स्टेशन प्रमुख गिरीले भने–‘यसले युवापुस्तालाई समेटेको छ।’
एमओसी रिलोडेडको प्रस्तोता समेत रहेका रेडियोका स्टेशन संयोजक श्रेष्ठले सबैभन्दा दक्ष रेडियोकर्मीहरु एउटै थलोमा भएर लगनशिलताका साथ काम गर्दै गएकाले छोटो समयमै यस क्षेत्रमा रेडियोले सर्वाधिक चर्चा पाउन सफल भएको बताए ।
पाँच सय वाट क्षमताको रेडियो सद्भाव ९१.२ मेघाहर्जमा सुन्न सकिन्छ । ‘रेडियो सद्भाव, सबैको रेडियो’ भन्ने स्लोगनसहित बैशाख ६ गते साँझ ६ बजेर ३३ मिनेटमा गुञ्जिएको रेडियो सद्भाव बाँकेसहित बर्दिया, दाङ, रोल्पा, प्यूठान, सल्यान, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा लगायतका जिल्लामा तरंगित छ । एफएम फ्रिक्वेन्सीदेखि टाढा रहेका स्रोताको लागि www.radiosadvab.com र www.sadvabmedia.com अनलाईनमा पनि सुन्न सकिन्छ । त्यसैगरी हाम्रो पात्रो र ट्युनइन एप्लिकेसन मार्फत् पनि रेडियो सदभाव सुन्न सकिने व्यवस्था मिलाइएको स्टेशन प्रमुख गिरीले बताए ।