आज पनि बाँकेका अस्पतालमा कामकाज ठप्प
प्रकाशित मिति : २०७४, ४ श्रावण बुधबार १२:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज: चिकित्सकमाथि हातपात र अस्पतालमा तोडफोड भएको विरोधमा नेपाल चिकित्सक संघ भेरीको अगुवाईमा चिकित्सकहरुले आज दोस्रो दिन पनि बाँकेका अस्पतालमा कामकाज ठप्प पारेका छन् । इमरजेन्सीबाहेक अन्य सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सयौं विरामीहरु विचल्लीमा परेका छन् । गएको असार २८ गते माँ जानकी अस्पतालमा डा। श्यामसुन्दर यादवमाथि हातपातको प्रयास तथा दुव्र्यवहार भएको चिकित्सक संघले जनाएको छ । दोषीहरुलाई पक्राउ नगरिएसम्म आन्दोलन जारी राख्ने संघका भेरी सचिव डा। आर के झाले वताउनुभयो । संघको आजै विहान बसेको बैठकले दोषीलाई पक्राउ नगरिएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको हो।
Advertisement