पप्पु कन्स्ट्रकसन जेभीलाई ५ करोड ५० लाख रुपैयाँ हर्जाना
प्रकाशित मिति : २०७४, ६ श्रावण शुक्रबार २०:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, नेपालगन्ज । एसियाली विकास बैंक (एडिबी) ले जमुनहा–राँझा सडक खण्ड निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रकसन जेभीलाई ५ करोडभन्दा बढी रुपैयाँ हर्जाना तिराएको छ।
सम्झौता अनुसारको काम समयमा पूरा नगरेपछि एसियाली विकास बैंकले पप्पु कन्स्ट्रकसन जेभीलाई करिब ५ करोड ५० लाख रुपैयाँ हर्जाना तिराएको मध्यपश्चिम क्षेत्रीय सडक निर्देशनालय डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख अर्जुनकुमार बमले जानकारी दिनुभयो । उहांले पप्पु कन्स्ट्रक्सनको ठेक्का जुलाई, २०१६ सम्म मात्र भएकोले अब पप्पु र एसियाली विकास बैंकबीच कुनै सम्बन्ध नरहेको बताउनुभयो।
पप्पुले ५७ करोड रुपैयाँमा राँझा–जमुनहा सडकखण्ड कालोपत्रे गर्ने ठेक्का लिएको थियो। मापदण्डअनुसार निर्माण नगरेको प्रमाणित भएपछि एसियाली विकास बैंकले उसलाई एक करोड रुपैयाँ मात्र दिने निर्णय गरेको थियो । हर्जाना बापतको रकम एडिबीले असुली गरिसकेको छ। सडक डिभिजनको जिम्मामा नआउँदा मर्मत, सम्भारमा समस्या पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको राँझा–जमुनहा सडक खण्डको विभिन्न स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्रे उप्केको छ । जिल्ला शिक्षा कार्यालयनजिक रहेको पुलसमेत दबेको छ ।
Advertisement