तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुँदै
प्रकाशित मिति : २०७४, २६ श्रावण बिहीबार १४:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वासुदेव पौडेल, पोखरा । नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँच भन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ ।
Advertisement
अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य वन्दै गएको पोखरामा पहिलोपटक हुने क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ ।
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार तयार गरिसक्न निर्देशनसमेत दिनुभएको थियो ।
आगामी सागमा पोखरामा पाँचभन्दा बढी खेल खेलाउने सोचका साथ तयारी अघि बढाउन मन्त्रालयले खेलकुद विकास समितिका पदाधिकारीलाई निर्देशन दिइसकेको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
“हामीले पोखरालाई स्पोर्टस् सिटीका रुपमा विकास गराउन खोजेका छौँ”, थपलियाले भन्नुभयो, “उपलब्ध पूर्वाधारका आधारमा आगामी सागमा पाँचभन्दा बढी संख्याका प्रतियोगिता पोखरामा सञ्चालन हुन सक्छ ।”
राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरामा विभिन्न पाँचवटा खेल खेलाउने यसअघि नै प्रस्ताव गरिसकेको थियो ।
परिषद्का सदस्यसचिव केशवबहादुर विष्टका अनुसार पोखरामा भलिबल, ह्यान्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलनका प्रतियोगिता खेलाउने लगभग तय भइसकेको छ ।
यी खेलका अतिरिक्त ब्याडमिन्टन, लङ टेनिस खेल पनि पोखरामा गर्न सक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
आगाामी सन् २०१९ को मार्चमा नेपालले १३औँ सागमा विभिन्न २५ प्रकारका खेल खेलाउने भएको सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।भारतमा सम्पन्न १२औँ सागमा २३ प्रकारका खेल खेलाइएको थियो ।
पोखरामा भलिबल, ह्यान्डबल, आर्चरी, ट्रायथोलनका लागि पूर्वाधार लगभग तयारी अवस्थामा रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताउनुभयो ।
उल्लेखित खेलका संरचनालाई केही मात्रामा व्यवस्थित गरे हुने बताउँदै उहाँले महिला फुटबलका लागि भने विद्यमान संरचना भत्काएर वनाउनुपर्ने अवस्था छ भन्नुभयो ।
पोखरा रंगशालाको ४१७ रोपनी क्षेत्रफलमा विभिन्न खेलका लागि संरचना निर्माण भइरहेका छन् । अहिले बनिरहेको कभर्ड हल साग लक्षित छ । कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ । सबैजसो इन्डोर गेम त्यसमा गर्न सकिन्छ ।
सम्भावना रहेर पनि आवश्यक पूर्वाधारकै अभावमा पोखराले यसअघि विभिन्न खेलका अवसर गुमाउने गरेको खेलकुद सम्बद्ध व्यक्तिको गुनासो थियो ।
दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता हुनु समग्र पोखराका लागि नै गौरवको विषय भएको बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले बताउनुभयो ।
“क्षेत्रीययस्तरका प्रतियोगिताले पोखरालाई चलायमान वनाउँछ”, उहाँले भन्नुभयो, “यसले यहाँको पर्यटकीय विकासका साथै प्रत्येक जनमानसमा खेलप्रतिको सकारात्मक भावनासमेत अभिवृद्धि गर्छ ।”
अन्तर्राष्ट्रिय खेलाडी बस्ने किसिमका स्तरीय होटल तथा अन्य पूर्वाधार पोखरामा रहेको पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य भट्टराईले उल्लेख गर्नुभयो
यसअघि सार्क मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनुका साथै बेलायती राजकुमार ह्यारी, भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीजस्ता विशिष्ट व्यक्तिले औपचारिक भ्रमण गरिसक्नुभएको पोखरामा दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता सञ्चालन हुनुले अन्तर्राष्ट्रियस्तरमा यहाँको यहाँको महत्व अझ बढ्ने सम्बद्ध व्यक्तिले बताए ।